साकेन्वा के हो?
साकेन्वा भनेको किरातिहरुले पुज्ने पैसो (खाबा), र अन्न (चासुम) को देवता लक्ष्मी जसलाई ६/६ महिना उधौली र उभौलीमा पुज्ने गरिन्छ अर्को अर्थमा सा भनेको मासु र केन्वा भनेको पालिएको कुखुरा। समग्रमा मासु खानलाई पालिएको कुखुरा भन्ने हुन्छ। साकेन्वा भनेर किन भन्न थालियो भने धनसम्पतिको लक्ष्मीलाई हरेक ६ - ६ महिनामा चढाउनको लागि घरघरमा भाले पाल्न थालियो। त्यसबाट सोही शब्द प्रचलन्मा बस्न गयो। यसलाई किराँतिहरुले आआफ्नै भाषामा विभिन्न नामले बोलाउछन। बान्तावा राइहरुले साकेन्वा भन्छन भने चाम्लिङ राइहरुले यसलाइ साकेला भन्ने गरेको पाइन्छ। त्यस्तै कसैले साकेवा, तोशी, भन्ने गरेको पाइन्छ। तर जे होस यी सबै शब्दहरुले एउटै साकेन्वा शब्दलाइ इङगित गरेको हुन्छ।
वापालुङ साकेन्वाको पृष्ठभुमी
करिब (आज २०६८ साल जेष्ठ) भन्दा ८० बर्ष जति पहिले खोटाङ जिल्लाको जन्तेढुङगा ३ नम्बर वडा गैरिगाउ नेप्टे जङ्गल मा दिगमकोमा ( छोरा वा छोरिको नामबाट बोलाइएको) भन्ने एक ब्यक्तिको परिवार बस्दथ्यो। यसो बुझ्दाखेरी उनी साकेन्वाको बिषयमा जानकार र चाहाना राख्नै देखिन्छिन। त्यसैकारण उनले छिमेकी गा बि स डम्बखुर्मा (हाल जन्तेढुङगा ४) अवस्थित छोङ्खा साकेन्वा जुन किराँतहरुको प्रथम र पुरानो यानकी ६०६ (वरिपरि पर्खाल लगाउदा भेटिएको घण्टमा लेखिएको लेख अनुसार) साल सम्बत अगाडिको साकेन्वाथानबाट शिलाको एकचोइटो (टुक्रा) ल्याइ आफ्नो घरको छेवैमा स्थापना गरि पुज्न थालेछन। जसलाइ दिगम्कोमा ओ असाकेन्वा भन्ने गर्नु हुन्थ्योगाउका बुढापाकाहरुले । कति बर्ष यो साकेन्वा त्यहा अस्तित्वमा रह्यो भन्ने कुनै यकिन हुन नसके पनि दिगमकोमाको शेष पछि कुनै नया नाक्छोङ ननिस्किएको (उनका छोरा हागदे जो अपुताली भएको) र अरुकसैले नपुजे पछि उक्त साकेन्वा बिजोग हुन पुगेछन । तत पश्चात् नाक्छोङले बके अनुसार उक्त साकेन्वा कहिले काहुलेको मनाधान भिरमा गएर बसेछन। कहिले फोप्तोङ्को मनाधान भिरमा गएर बसेछन। त्यसै गरि कहिले रमिते मुनिको भिरमा बसेछन तर कसैले खान नदिए पछि अहिले काहुले ३ नम्बर वडा मोर्लुम्पाको वापालुङ डाडामा बस्दै आएको रहेछ।
जहाँ एक थुलो ढुङगो छ त्यस ढुङगोमा कर्णे सिकारीथान पनि अवस्थित छ।
वापालुङ नामाकारण
खोटाङ जन्तेढुङगा ३ मोर्लुम्पामा एउटा ठूलो ढुङगा छ जस्को नाम वापालुङ (भाले ढुङगा) हो। यसको नाम किन वापालुङ रहन गयो भन्ने सवालमा बुढापाकाहरुका अनुसार त्यस ढुङगामा उहिले उहिले कहिले काहीँ भाले बास्रे गर्थ्यो रे। विशेष गरि औशी, पुर्णे, पन्चमी र दशमी तिथिमा। यहि कारणले यश ढुङगाको नाम वापालुङ रहन गएको हो। उक्त ढुङगाबाट पुर्णे तिथिमा द्र्ध जस्तै सेतो पदार्थ यसको ढाडबाट निस्किएर तलतिर बग्दै आएको डाम प्रष्ट देख सकिन्थ्यो।
यो ढुङगाको माथिल्लो भागमा कर्णे शिकारिको थान छ। जुन रङमिहरुको बाजे सिकारी हो। धामिहरु मरे पछि कुनै निस्चित ठाउमा थान स्थापना गरि सिकारिको रुपमा पुज्जे चलन छ। र ठ्याक्कै वापालुङको फेदमा वापालुङ साकेन्वा अवस्थित छ।
वापालुङ साकेन्वाको उत्पत्ति
जन्तेढुङगा ३ काहुले गैरिगाउ निवासी वीर बहादुर खावोङ (जम्दार) को नातिनी केदार (हर्क बहादुर) खावोङको छोरी जन्म मिति २०४६ साल, बर्ष २० कि मिलन देवि खावोङ लगभग १८ बर्ष पुगेपछी २०६४ र ६५ देखि नै पन्चमी, औसि, पुर्णे तिथिमा बिरामी हुने, अकस्मात ढल्ने, अचेत हुने, कामने जस्ता बिरामी हुन थालिन। बुढेनी लागेको अनुमान गरेर उनलाइ धामी झाक्री तथा जङगली देबताको मन्दिर तिर लगि झारफुक गर्न थालियो तर उनी निको हुनको सट्टा झन साह्लो हुन थाले। यसरी केही नलागे पछि धामी निस्कन लागेको होकि भनी धमिनि गुरु थापी बकाउदा आफू साकेन्वा भएको मिलन देबिले बके। यसै क्रममा २०६६ साल फागुन १ गते सनिबार कृष्ण पक्ष औसि तिथि ६० घडी ० पला श्रवण नक्षेत्र २३ घडी ० पलाको दिन नाक्छोङ मिलन देबि उनको घरबाट धामि नाच नाच्दै नाच्दै वापालुङमा आइ वापालुङको (ठूलो ढुङाको) मुनि उनि सङग भएको खुर्पा (कोम्बित) एक ठाउमा गाडन पुगिन। त्यस पछि २००६६ साल फागुन ७ गते शुक्रबार पन्चमी तिथि १९ घडी २४ पला अस्विनी नक्षेत्र ५१ घडी ६ पलाका दिन यस वापालुङ साकेन्वाको मन्दिर निर्माण गरियो। जुन निर्माण कार्यमा विभिन्न गाउबाट उपस्थित १०२ जना ब्यक्तीहरुको उपस्थिती रहेको थियो। यसै दिन मुल नाक्छोङ मिलनदेवी खावोङ्बाट जोडि त्रिशूल र जोडि सोलोन्वा राखिएको थियो। मिति २०६६ साल फागुन २६ गते बुधबार दशमी तिथि पुर्बषडा नक्षेत्र को दिन नाक्छोङ मिलनदेवी खावोङ बाट नाक्छोङ शिली प्रस्तुत गर्दै वापालुङ साकेन्वाको अदृभुत जोडि शिला उत्खनन् गरि उतारिएको थियो। २०६६ साल जेष्ठ ४ गते मुलो नाक्छोङको माङछा
ढोला बनाउने कार्य शुरु गरि अकस्मात नसिद्दिएर ५ गते सम्पन्न गरिएको थियो।
यसै क्रममा मिति २०६७ साल बैशाख २५ गते शनिबार जन्तेढुङगा ५ रमिते निवासी श्री भुपाल र माया राधुङ राई का छोरा (ठुलाकान्छा) जन्म मिति २०५१/२४/२९, बर्ष १५ को गणेश राधुङ राई (वापालुङ नाक्छोङ) को आफ्नो राधुङ पाछिय दाजुभाइको तर्फबाट एक मुस्ट साया चोङ्गा कार्य सम्पन्न गरिएको थियो। यस्तै २०६८ साल बैशाख ९ गते शुक्रबार पन्चमी तिथिका दिन राधुङ पाछा नाक्छोङको ढोल बनाउने कार्य सम्पन्न गरिएको थियो। पसै दिन हाद्देम पाछाको नाक्छोङको वाक्य फुटेको थियो।
नाक्छोङ के हो?
नाक्छोङ भनेको किराँती राइहरुले पुज्ने माङछामाको माङपा (धामी) भन्ने बुझिन्छ। नाक्छोङ जो पायो उहि बन्न सक्दैन। माङ्छामा वा साकेन्वाले जसलाइ समाउछ वा जसमा साकेन्वा उत्रीन्छ उहीँ मात्र नाक्छोङ बन्न सक्छ। धामी निस्किए जस्तै ती नाक्छोङहरुले नि समय समयमा सपनामा नाक्छोङ भको देख्छन ।
काम्ने, बौलाउने, अकबक्क हुने, वाक्य फुटेर बर्बराउने, बाख्राको मासुले बिसाउने। जस्ता सङ्कतहरु देखा परे भने नाक्छोङ उत्पती हुने सम्भावना हुन्छ।