Short and Sweet Description
Kirat Khambu Rai Shanskritik Sansthan in short K.K.R.S.S is well known religion Non Profitable organization in Bagdogra related to Kirat People who lives around the North Bengal of India. Our main aim was to preserve the tradition, culture, heritage and language of Kirat Rai People and to spread it.
Our Latest Calender "2017".
  • This calendar is our " SECOND EDITION " here we tried to focus on some interesting facts related to Kiratis like Sunakhari etc...
Developers Corner
    Kirat Rai Bagdogra Kirat Rai Bagdogra
           
    " Feel Free to Contact Us ? "
    Login
Skip Navigation LinksHome > PostHolder List > Gallery > Activity > Entertainment > Article
Members List:   Dhara Ghau : 13 ,   Pradhan Nagar : 19 ,   Pramod Nagar : 2 ,   Gadhadhar Pally : 15 ,   Stalin Nagar 1 : 22 ,   Stalin Nagar 2 : 11 ,   Defence Colony : 5 ,   Ho Chi Min Nagar : 5 ,   Jyoti Nagar : 3 ,   Rabindra Nagar : 1 ,   Khudiram Pally : 1 ,   Bhujiya Pani : 1 ,   Sanyasi Bagan : 1 ,   Bhuttabari : 35 ,   Birsinjote : 7 ,   Gosaipur : 4 ,   M M Tarai : 34 ,   O R D T Garden : 1 ,   Chatyapur Shivmandir : 4 ,   Tarijote : 3 ,   Ranidanga : 2 ,   Gurung Basti : 1 ,   HareKrishna Pally : 1 , 
"A sentence should never be cruel and unusual"
सायाबुङ बारे .....
राईहरुले टाउकोमा बेरेर लगाईने फेटा जस्तो परिहनलाई सायाबुङ भनिन्छ । सायाबुङलाई खस नेपालीमा रुपान्तर गर्दा “शिरको फुल” भन्ने अर्थ लाग्छ (बान्तावामा) । राईहरुले सायाबुङलाई छेन्छोक्ली (हिमाल टाकुरा) को प्रतिक मान्ने गरेकोले यो सेतो रगंको हुन्छ । सामान्यता टाउकोमा लगाउने सायाबुङ १२ हात लामो (लगभग ५ मिटर) हुने गर्दछ र यसलाई टाउकोमा मिलाएर बेरिन्छ । यो किराती खम्बु राई पुरुषहरुको टाउकोमा लगाउने परिहन हो, जो उहिले देखी हाम्रा पुर्खाहरुले लगाउदै आएको मानिन्छ । माङपा, धामी, नाम्छोङ तथा मुन्दुमी ज्ञान भएका विद्वानहरुले सायाबुङको केही भाग कुम सम्म आउने गरी पुच्छर जस्तो निकालेर लगाएका हुन्छन् भने साधारण राईपाहरुले सायाबुङको सम्पूर्ण भाग टाउको वरिपरी मिलाएर बेरेको हुन्छन् । बिवाहमा र शिर उठाउने विषेश परम्परागत समारोहहरुमा विधिपुर्वक सायाबुङ लगाईन्छ । तर अन्य सामान्य समयमा टाउको छोप्ने उदेश्यले सायाबुङको प्रयोग गरिन्छ । सायाबुङ जुनै पनि समयमा परिहन गर्न सकिन्छ । सायाबुङ टाउको छोप्ने लामो कपडा मात्र हैन, यसको बहुमुखी प्रयोगहरु छन् : जस्तै: उहिले लडाईको समयमा खुकुरी-तलवारको प्रहारबाट टाउकोलाई सुरक्षित राख्न हेल्मेटको रुपमा सायाबुङ लगाईन्थ्यो, टाउकोमा नाम्लो लगाएर भारी बोक्दा सायाबुङले समानको भारलाई हलुको महशुस गराउछ, खोलानाला तर्दा सायाबुङ खोलेर दोरी जस्तो गरी प्रयोग गर्न सकिन्छ, यसलाई पटुको सरह कम्बरमा बाध्नु पनि मिल्छ, खाने सरसमानलाई लपेट्नु पनि सायाबुङको प्रयोग गरिन्छ, बाहिर जंगल तिर बास बस्नु पर्ने बेला सायाबुङलाई फिजाएर ओड्ने-उछ्याउने कपडा सरह प्रयोग गर्न सकिन्छ, टनटलापुर घाममा टाउको छोप्नु र जाडो याममा टाउकोलाई न्यानो पार्ने गरी ढाक्नु पनि यसको विषेशता हो । यही गुणहरुले भरिपूर्ण भएको कारणले सायाबुङ सामन्याता सादा सेतो रंगको लामो सुतीको कपडा हुनेगरेको हो । चाडबाडमा सायाबुङलाई आकर्षक रुप दिदै चराचुरिंगीहरुको प्वाखले पनि सिगारिने गरिन्छ । मानवजातीले तानको अविस्कार गरेर कपडा बुन्नु थाले देखी नै सायाबुङको उत्पन्न भएको हो भन्ने मत पाईन्छ । तसर्थ यो प्राचिनकाल देखी नै किरातीहरुको शिरको परिहन हो ।
0 .... Dev Khambu
प्राचिन किरात गढं पाटनमा लिच्छवी आक्रमण ।
साल ई०सं० १५०, किराती राजा “गस्ती” हाङको निधन पछ्यात “योक्नेहाङ” नाम गरेको किराती राजाले यलाखोममा राजशासन गरेको अनुमान गरिन्छ । त्यसताका किरातीहरुको अन्तिम गढ “पाटन शहर” थिए । पाटन शहरको चार दिशामा लगभग ४०० वर्ष पुर्व (ईश्वी पुर्व २५० मा) महाराजा “अशोक” द्वारा पाटन राज्यको सिमालाई घेरेर निर्माण गरेका प्रख्यात चार “बौद्ध स्तुपा” को रहोबरमा भब्य द्वार (ढोका) हरु थिए । अशोक द्वारा निर्मित ती बौद्ध स्तुपाहरु अहिले सम्म (१) पुल्चोक, (२) लगनखेल, (३) ग्वार्को तथा (४) संखमुलमा अस्तित्वमा रहेको छ । किरातकालिन काठमाडौं उपत्यकाको प्राचिन शहर तथा गढ “पाटन”को उल्लेखित ४ ठाउँहरुमा बिशाल द्वार (ढोका) हरु अवस्थित थिए । छिमेकी राज्य “१८ मगरात” प्रदेशको एक राज्यमा विद्रोह भएको कारण उक्त राज्यबाट बिद्रोह दमन गर्नको निम्ती किराती राजा सगँ सन्य सहयोग मागेकोले किराती सेनाको ठुलो भाग मगरात तिर पठाएका थिए । यहीँ मौकाको फाईदा उठाई उत्तर दिशा, सम्भवत “गोकर्ण” बाट लिच्छवीहरुले पाटनमा आक्रमण गरेका थिए । लिच्छवी सेनालाई सशक्तपुर्वक बल प्रयोग गरी पाटन हत्याउने उर्दी जारी भएकोले त्यहाँ नरसंहार मच्चिएको थियो । कुनै किराती पुरुष, महिला तथा बालबच्चालाई नछाड्ने आदेश सहित लिच्छवीले उत्तरमा रेहेको संखमुल द्वारबाट हमला गरेका थिए । किरातीहरुको ठुलो संख्यामा रहेको सशस्त्र सैनिक जत्था मगरातमा विद्रोह दमनको निम्ती परिचालन भएको कारण पाटन शहरको सुरक्षार्थ केही मात्रमा मात्र किराती सेनाहरु तैनाथ थिए । उत्तर ढोका (संखमुल) ढल्नु साथ अल्पसंख्यामा रहेको किराती सेनाले शहरवासी नागरिक (विशेस महिला तथा बालबच्चा) लाई लिच्छवीको हत्याबाट बचाउनको विकल्प स्वरुप उनीहरुलाई भगाएर सुरक्षित ठाउँ तिर लाने कार्य गरेका थिए । उसै पनि किराती सन्य दलमा व्यवसायिक थल सैनिक कहिले पनि स्थापित भएका थिएनन्, बहुसंख्यक सैनिक योद्धाहरु कृषक तथा स्वंयसेवक नागरिक हुने गर्दथिए । हतियार्, सैन्य तालिम र रणकौशलताको कमीले गर्दा किराती सैनिकले लिच्छवीको आक्रमणलाई प्रतिरोध गर्न सकेनन् । शहरवाशी निहत्था नागरिकहरु सुरक्षा खोज्दै पुर्वी ढोका तिर पलायन हुन थाले । शहर भित्रका भागहरुमा भिषण युद्ध भएका थिए । “बालकुमारी’ तथा ‘च्यासल” (वर्तमानमा “ललितपुर उप-महानगरपालिका” भित्रको ठाउँको नाम) क्षेत्रका नागरिकहरुले हनुमान्ते नदी तरेर ज्यान जोगाउने क्रममा लिच्छवी सेनाले पाटन हात पारेका थिए । लिच्छवीले पाटन हत्याउनु साथै जिवित किरातीलाई बाकी नराख्ने उदेश्यले किराती महिला तथा बालबच्चाहरुलाई खोजीखोजी हत्या गरेका थिए । यसै क्रममा केही बजेखुचेका जिवित किराती सैनिक स्वंयसेवकहरुले लिच्छवी सेनाको बिरुद्ध मोर्चा बनाई प्रतिकार गरी किराती महिला र बालबच्चाहरु पुर्वी ढोका तर्फ भागी जाने अवसर अपलब्ध गराएका थिए । यस योजना अनुसार किराती सेनाले लिच्छवी सेनालाई पाटन शहरका पुर्वी भागका स-साना घरहरु रहेको सागुरो गल्लीहरुमा छापामार हमला गरी त्यही झुल्याएर राख्ने निर्णय लिएका थिए । यस योजनामा ८०० किराती स्वंयसेवक सेनाले भाग लिएका थिए । दुई दिन सम्म उक्त स्वंयसेवक लडाकु किरातीले अन्तिम सास सम्म बहादुरीपुर्वक लिच्छवीलाई त्यही रोकेर राखेका थिए । ती सबै स्वंयसेवक सेनाहरु त्यही प्रतिकार युद्धमा एकै चिहान भएका थिए । यस क्रममा भागेर जान असफल भएका केही किराती महिला तथा बालबच्चाहरु त्यहाँ अवस्थित बौद्ध धर्मावलम्बीहरुको घरमा शरण लिन पुगेका थिए । बौद्धहरुले उनीहरुलाई घरमा भएको ठुल-ठुला धातुबाट बनिएको भाडा-कुडाले छोपेर ज्यान बचाई दिएका थिए । कालन्तरमा जो किराती बालबच्चा ती भाडा-कुडामा लुकिएर बाचेका थिए, उनीहरुलाई "टेपे" भनेर सम्बोधन गरिन थाले । पछीबाट एकजना मल्ल रानीले ती “टेपे” भनेर सम्बोधन गरिने जातिलाई व्यञ्जनकार नामकरण गरिदिए । आज सम्म पनि उनीहरुलाई व्यञ्जनकार भनेर चिनिने गरिन्छ । ८०० जना मारिए, र मरेर गए । ती ८०० जना मध्ये केही मृतलाई जलाए भने धेरै जनाको शरिरलाई त्यहाँ अवस्थित एउटा इनारमा फ्याकेका थिए, र पछीबाट मात्र जलाएका थिए । तर उनीहरुको बिर गाथा वर्तमान सम्म शिलालेख, लोककथा, लोकगित अनि त्यो ठाउँको नाम स्वंयमा कुदिएर बाचिरहेको छ । निहत्था किराती महिला र बालबच्चा बचाउनको निम्ती किराती योद्धाहरुले गरेको बहादुरी र मृत्युवरणलाई प्रत्यक्षदर्शीले सम्मान गरेर उक्त वृत्तांतलाई स्मरण गरी यस घटना भएको ठाउँको नाम नै "च्यासल" राखिएको छ । नेवारी भाषामा "च्यासल" को अर्थ “आठ सय” हुन्छ । आठ सय किराती योद्धाहरुको एकै चिहान भएको कारण नै यस ठाउँको नाम “च्यासल” रहेको भनाई ईतिहासकारहरुमा निर्विरोध छ । नेवार- ज्यापु समुदायमा बिलिन भइसकेका “व्यञ्जनकार” हरुको उल्लेखनिय उपस्थिती पनि यसै “च्यासल” क्षेत्रमा अहिले सम्म रहदै आएको छ ।
0 .... प्रदिप खम्बु राईको अंग्रेजी लेखलाई अनुवाद गरिएको ।
भाषा महत्व --------
मानिसले आजसम्म निर्माण गरेका संपूर्ण वस्तुहरु मध्य भाषा सबै भन्दा आश्चर्य जनक छ | मान्छेलाई सभ्यताको शिखरमा चराउने भाषा नै मुख्य हो किनकी भाषा परस्पर आदान-प्रदानले भएको संघ शक्ति नै मनुष्य शक्ति हो | विश्वमा संपूर्ण मानव जगत भाषाको माध्यम ले सञ्चालन भई रहेको छ | भाषाको मृत्यु मा त्यस भाषिक संप्रदायको चिन्हारी हराउद छ | भाषा बिना साहित्य सृजना हुनु गारो हुन्छ भने साहित्य एउटै भाषाबाट मात्र विकास हुनु असंभव छ | तेयसकारण किरात राई भाषा विकास गर्नुकोलागी किरात राई हरुको विभिन्न भाषाहरु साथ अन्य भाषा भाषी हरु बाट शब्ढ भंडार भर्नु पर्दछ |
0 .... Mr B.B Rai
साकेला नाच संग सम्बंधित पौराणिक कथा ....
किरात राई हरु ले सुमनीमा ( पार्वती ) र पारुहांग ( शिव ) लाई आफ्नु आराध्य पुरखा को रूपमा मानि लाएको छ | किरात राई को पौराणिक शास्त्र अनुसार पारुहांग स्वर्गमा तथा सुमनीमा पृथिवीमा निवास गर्थे | एक दिन पारुहांग ले पृथिवीमा अद्धितीय सुंदरी सुमनीमा लाई देखे र उनी मुग्ध भये | वहां ले एउटा सुन्दर कांग्यो (Comb) बनाएर सुमनीमा लाई भेट गरे | उनी हरु परिणय सूत्रमा बांधेए तथा समय को साथ तीनी हरु को चार संतान भयो | एक दिन पारुहांग ले सुमनीमा लाई दूधकोशी को तटमा एउटा झोपड़ी मा राखेर फरकेनन | यस कारण सुमनीमा दुखी भएर बसना थाले | एक दिन सुमनीमा ले आफ्नु नानी हरु को लागि खाने कुरा मुल्को खोजी गरर्दै थिए तयेति बेल उनी ले चट्टान माथि उमरेको एउटा लहरा लाई देखे | उनी ले तेव लहरा लाई चाखे र हेर्दा थाहा पाई की तेव लहरा शक्ति र प्रसन्ता ले भरिएको थिए | एस्तो थाहा पाएर सुमनीमा ले लहरा लाई घर लाये तेसको बूटी बनाएर सुरक्षित राखे | तेव बूटी मा चमत्कारी शक्ति थियो | जसले पनी तेव बूटी लाई लगाउथेव तेसको चमत्कारी शक्ति ले गर्दा लाउने ले आफ्नु विषय मा साचो कुरा बताउने गर्थे | एक दिन पारुहांग अचानक वापिस फरके | उनी ले सुमनीमा लाई सांत्वना दिनु चाहे तर सुमनीमाले उसको बातको बिसवास गरेनन | सुमनीमा ले सच्चाई जान्नु को लागि पारुहांग लाई बूटी लगाउनु लाये | चमत्कारी बूटी को मदद ले गर्दा सुमनीमा ले थाहा पाएकी पारुहांग ले यो समयमा चोमोलुंग्मा ( माउंट एवेरेस्ट ) का चुचुरुमा बसेर स्वर्ग देखि पृथिवीलाई हेर्ने गर्थे , धयान एवं तप गर्थे साथै संपूर्ण ब्रह्मांड विचरण गर्नु हुन्थव | पारुहांग ले अगारी भन्नु भयो की वहां ले भविष्यमा सुमनीमालाई यसरी छाडेर कहेले पनी जाने छैनन | यो सुनेर सुमनीमा ख़ुशी एवं आनंद ले भाव विभोर भएर हर्षाउल्लाषको साथ नाचनु थालिन | यस्तो विश्वास गरिन्छ की पारुहांग फर्केको खुशीमा सुमनीमा द्वारा हर्षाउल्लाष ले गरेको यो नित्य नै साकेला नाच हो | यस कारण परंपरागत रूप ले किरात युवक एवं युवती हरु ले यो नाच मा भाग लिएर आफ्नु माया लाई पाउनुको लागि एक अर्का संग मिलेर साकेला नाच नाचने गर्छन |
0 .... Shree P. N Rai
मुन्धुम संहिता
मुन्धुम संहिता किरात मुन्धुम दर्शनशास्त्रको आफ्नै नीति, नियम, आचारसंहिता, उपनियम, अनुशासन रहेको पाइंछा | तिनीहरुलाई कार्यान्वयन गराउने किरात मुन्धुम दर्शनशास्त्र वेत्तहरु निम्नलिखित हुन्छन | क) माड.दोवा माड.दोवाले एउटा कुल वंशका देवपितृ पूजा गरिदिने कार्य गर्दछ | यस अतिरिक्त पुर्खाहरुसंग बल मागिदिने शान्त, साम्य गरिदिने कार्य गर्दछन | यिनीहरु अरुले सिकाएर सामान्य सिकी जानने हुन्छन | ख) नाकछोड. अन्नको अभाव भएमा रावा, उभौली, उधौलीमा कुल साकेनवा एवम् साम्पुक(धरती) जगाई पूजा गरिदिने गर्दछन | यिनीहरु भुइंफुटृा(छापमा, बाखा) नाकछोड. हुने हुनाले कोही गुरु हुँदैनन | यिनीहरुले साकेनवा थानामा पूजा गरिसकेपछि अरुका कुल पुज्दै हिड्नु पर्दैन | ग) बुड.वामाड.पा किराँतीहरुका प्रत्येक अंगहरुमा फुलहरु हुन्छन ती सरेर गए | ओइलिए बुड.वामाड.पाले पुनः स्थापित गराउंछन् | यिनीहरु भुइंफुटृा हुनाले यिनको गुरु हुँदैनन | यिनी ३ सई ६२ वटा फुलका सहयोगले भू मंडल, जल मंडल, वायु, सौर्य मंडल सयर गरी विचरण गर्दछन | आवशयकता अनुसार रूप बदलना सक्ने हुन्छन | अदृश्य हुन्छन | यिनीहरु बेजोड़ तांत्रिक हुन्छन | यिनीहरुले बुढाहाड. पुजिदिने गर्दछन | यिनीहरुलाई बुड.पेन्मिमाड.पा (फुलदेवरी) भनिनछ | यिनीहरु तांत्रिक विद्याले दुशमनको हत्या गरिदिने गर्दछन भन्ने मुन्धुमको भनाई पईनछ | घ) सारिमाड.पा यिनीहरु भूत प्रेत, वायु, मसान, बोक्सी, छेद भेदतात्माहरुलाई सम्झाई बुझाई धुप बाली दिई, दुईचार अक्षताबाट फकाई खुशी बनाई मनसइरा पूजा गरिदिएर रोग हरु निको हुन्छन | यिनीहरुले सामान्य बिमारी भएर स्वर्ग भएका आत्माहरुलाई माड.मा स्थापित गराउंछन भन्ने बिश्वास छ | वास्तवमा यिनीहरु भुइंफुटृा भन्ने होइनन | यिनीहरुले अरुलाई गुरु थापेर दियो, कलश प्राप्तः गरेका हुन्छन | यिनीहरुले अम्लिसो अदुवा, काहलो, घुड.रिम र सेतो कटुस प्रमुख फुलहरु प्रयोग गर्दछन | ड.) रड.पुकमि / माड.पा जस्को गुरु हुन्ना तयशलाई भुइंफुटृा माड.पा पनि भनिनछ | कोही भने वनझाकरीको चेला हूँ भनी दावा गर्दैछन | यिनीहरुलाई राहाड.मि, सुक्शाड.मि माड.पा पनि भनिनछ | यिनीहरुले बड़ी फूलहरुको प्रयोग गर्दछन | सेहे हुने आत्महरुले जीवतमहरुलाई दुख न दिने विश्वास किरात मुन्धुमको छ |
0 .... Jai Shivahang
किरात मुन्धुम
हे इन्द्रदेव तिमी सबै ऐश्वर्य तथा सम्पदाका एक मात्र स्वामी हौ। ब्राहमण, क्षेत्री, वैश्य, शुद्र र निसाद यी पंाचै श्रेणीका मानिसका स्वामी पनि तिमी नै हौ। य एकश्चषणीनां वसुनाभिरज्यति इन्द्रःपंच क्षितीनाम।। माथिका सुक्त अनुसार किरातहरु पाचै श्रेणी भित्र पर्दैनन् अतः किरातहरुका ऐश्वर्य, सम्पदा तथा स्वामी इन्द एवं हिन्दु देवदेवी संस्कार, संस्कृति धर्म एकै र परस्पर निकट हुन् भनेर अपनत्व पुष्टी गदैन। अतः किरातहरु पृथक हुन् भन्ने प्रष्ट हुन्छ। त्यसैकारणले किरातहरुको आफ्नो फरक संस्कार संस्कृति तलको आधारमा व्याख्या गरिन्छ। किरातीहरुको दर्शनशास्त्रलाई मुन्धुम भनिनछ | अग्रज पुरखाहरुका सहिंता गतिविधि , क्रियाकलाप , वयवहार , संस्कार संस्कृति , रीतिरिवाज़ , खोज , भनाई अनुसार अवुलम्भन गर्नुलाई मुन्धुम भनिनछ |
0 .... Jai Shivahang
किराँती हांंग( राजा ) हरु .......
Altogether, there were 29 kings of this dynasty who ruled over Nepal for about 1225 years. According to the chronicle (Bamsavali) of Kirkpatrick, Kiratas ruled over Nepal from about 900 B.C. to 300 A.D. On the basis of the Puranas and other ancient religious texts, it is presumed that the Kiratas ruled in Nepal after Gopal and Mahipal. The first king of the Kiratas was Yalamber, who defeated Bhuvan Singh, the last king of Ahir dynasty and established Kirat rule in Nepal. He extended his kingdom as far as the Tista river in the east and the Trishuli in the west. किराँती हांंग( राजा ) हरु ....... 1. Yalamber, 2. Pavi, 3. Skandhar, 4. Balamba, 5. Hriti, 6. Humati, 7. Jitedasti, 8. Galinja, 9. Pushka, 10. Suyarma, 11. Papa, 12. Bunka, 13. Swananda, 14. Sthunko, 15. Jinghri, 16. Nane, 17. Luka, 18. Thor, 19. Thoko, 20. Verma, 21. Guja, 22. Pushkar, 23. Keshu, 24. Suja, 25. Sansa, 26. Gunam 27. Khimbu, 28. Patuka, and 29. Gasti.
0 .... Courtesy- Internet
मेरो परिचय
म हुँ गोर्खाली मेरो भाषा नेपाली | दउरा सुरुवाल ले अति राम्रो सुहाउने | ढाका टोपी सबै ले मन पराउने || वन , पर्वत र खोलाको स्वच्छ वातावरण छ जहाँ | मेरो बसो बास हुन्छ तहा || खुकुरी मेरो प्यारो शस्त्र | जस्ले हुन्छ सत्रु त्रस्त || भूलदेना कहिले सच्चाई र ईमानदारी | विश्वले चिन्छ मेरो बहादुरी || युद्ध भूमिमा सत्रु थरकामान हुन्छ आली आली | जब गर्जना सुनछ आयो गोर्खाली ||
8 .... किरात छत्र कुमार राई
हामी किरात राई हौ
हामी किरात राई हौ .........हामी किरात राई हौ .........| किरातको जन बडाऊ , किरातको नाऊ बडाऊ || किरातको नाऊ बडाऊ , किरातको शान बडाऊ | किरातको झंडा उचै रहोस न झुकोस || किराती वीर गाथा न भूलूं , यलम्बरको गीत गाऊ | गीत गाऊ हाम्रो राई संस्थाको गीत गाऊ || हाम्रो संस्थालाई न भूलूं , संस्था हाम्रो अगारी बडोस | पुर्ख्यौली हरु को याद गरुम , सुमनिमाको धयान गरौ || सयानो छ यो हाम्रो संस्था तै पनी उसको गुण गाऊ | न मिटोस न बिलोस हरदमै अगारी रहोस || सबै मिलीजुली संस्था लाई अगारी बडाऊ | पुर्खाहरुको नाउ राखौ , संस्था लाई याद गरौ || किरात राई हरुको शान बडाऊ | किराती झंडा को मान बडाऊ || हाम्रो संस्कृतिलाई न भूलूं | हाम्रो संस्कृतिलाई न भूलूं || यसै ले भन्छ हामी किरात राई हौ .........हामी किरात राई हौ .........|
40 .... कृष्णा बहादुर राई
किरात राई हौ
किरात राई हौ , हामी हौ - हामी हौ | आफ्नु झंडा लिएर बढ़दै जाऊ बढ़दै जाऊ || आफ्नु भाषा , रीती - तिथि भूलने छैनौ हामी | पारुहांग सुमनिमाको संतान सबै हामी || खोला नाला , डांडा कांडा प्रकृर्ति संग बाच्ने हामी | ढोल झयामटा सेवली साथ चंडी नाचने हामी || किरात राई हौ , हामी हौ - हामी हौ | आफ्नु झंडा लिएर बढ़दै जाऊ बढ़दै जाऊ || धरती पुज्छौ , आकाश ढोंगछौ , पितृ उपासक हामी | इतिहासः बोल्छ , सत्यता खोल्छ देशको शासक हामी || यलम्बर हाम्रो प्रथमराजा वीर अति पराकर्मी | किरात राज को जग लाई राखने धन्ये छौ तिमी || किरात राई हौ , हामी हौ - हामी हौ | आफ्नु झंडा लिएर बढ़दै जाऊ बढ़दै जाऊ ||
11 .... कमल कुमार राई
*Note: After clicking on Submit button Check your Email.
Enter Name   Enter Desc  
Enter Email  
Article Title  
Writer Name  

About Us

We work for the preservation and protection of our culture, tradition, language, heritage and customs plus to make our upcoming generation aware of it.

Like us on Facebook