किरात राई हरु ले सुमनीमा ( पार्वती ) र पारुहांग ( शिव ) लाई आफ्नु आराध्य पुरखा को रूपमा मानि लाएको छ | किरात राई को पौराणिक शास्त्र अनुसार पारुहांग स्वर्गमा तथा सुमनीमा पृथिवीमा निवास गर्थे | एक दिन पारुहांग ले पृथिवीमा अद्धितीय सुंदरी सुमनीमा लाई देखे र उनी मुग्ध भये | वहां ले एउटा सुन्दर कांग्यो (Comb) बनाएर सुमनीमा लाई भेट गरे | उनी हरु परिणय सूत्रमा बांधेए तथा समय को साथ तीनी हरु को चार संतान भयो |
एक दिन पारुहांग ले सुमनीमा लाई दूधकोशी को तटमा एउटा झोपड़ी मा राखेर फरकेनन | यस कारण सुमनीमा दुखी भएर बसना थाले | एक दिन सुमनीमा ले आफ्नु नानी हरु को लागि खाने कुरा मुल्को खोजी गरर्दै थिए तयेति बेल उनी ले चट्टान माथि उमरेको एउटा लहरा लाई देखे | उनी ले तेव लहरा लाई चाखे र हेर्दा थाहा पाई की तेव लहरा शक्ति र प्रसन्ता ले भरिएको थिए | एस्तो थाहा पाएर सुमनीमा ले लहरा लाई घर लाये तेसको बूटी बनाएर सुरक्षित राखे | तेव बूटी मा चमत्कारी शक्ति थियो | जसले पनी तेव बूटी लाई लगाउथेव तेसको चमत्कारी शक्ति ले गर्दा लाउने ले आफ्नु विषय मा साचो कुरा बताउने गर्थे |
एक दिन पारुहांग अचानक वापिस फरके | उनी ले सुमनीमा लाई सांत्वना दिनु चाहे तर सुमनीमाले उसको बातको बिसवास गरेनन | सुमनीमा ले सच्चाई जान्नु को लागि पारुहांग लाई बूटी लगाउनु लाये | चमत्कारी बूटी को मदद ले गर्दा सुमनीमा ले थाहा पाएकी पारुहांग ले यो समयमा चोमोलुंग्मा ( माउंट एवेरेस्ट ) का चुचुरुमा बसेर स्वर्ग देखि पृथिवीलाई हेर्ने गर्थे , धयान एवं तप गर्थे साथै संपूर्ण ब्रह्मांड विचरण गर्नु हुन्थव | पारुहांग ले अगारी भन्नु भयो की वहां ले भविष्यमा सुमनीमालाई यसरी छाडेर कहेले पनी जाने छैनन | यो सुनेर सुमनीमा ख़ुशी एवं आनंद ले भाव विभोर भएर हर्षाउल्लाषको साथ नाचनु थालिन |
यस्तो विश्वास गरिन्छ की पारुहांग फर्केको खुशीमा सुमनीमा द्वारा हर्षाउल्लाष ले गरेको यो नित्य नै साकेला नाच हो | यस कारण परंपरागत रूप ले किरात युवक एवं युवती हरु ले यो नाच मा भाग लिएर आफ्नु माया लाई पाउनुको लागि एक अर्का संग मिलेर साकेला नाच नाचने गर्छन |
|