मुन्धुम संहिता
किरात मुन्धुम दर्शनशास्त्रको आफ्नै नीति, नियम, आचारसंहिता, उपनियम, अनुशासन रहेको पाइंछा | तिनीहरुलाई कार्यान्वयन गराउने किरात मुन्धुम दर्शनशास्त्र वेत्तहरु निम्नलिखित हुन्छन |
क) माड.दोवा
माड.दोवाले एउटा कुल वंशका देवपितृ पूजा गरिदिने कार्य गर्दछ | यस अतिरिक्त पुर्खाहरुसंग बल मागिदिने शान्त, साम्य गरिदिने कार्य गर्दछन | यिनीहरु अरुले सिकाएर सामान्य सिकी जानने हुन्छन |
ख) नाकछोड.
अन्नको अभाव भएमा रावा, उभौली, उधौलीमा कुल साकेनवा एवम् साम्पुक(धरती) जगाई पूजा गरिदिने गर्दछन | यिनीहरु भुइंफुटृा(छापमा, बाखा) नाकछोड. हुने हुनाले कोही गुरु हुँदैनन | यिनीहरुले साकेनवा थानामा पूजा गरिसकेपछि अरुका कुल पुज्दै हिड्नु पर्दैन |
ग) बुड.वामाड.पा
किराँतीहरुका प्रत्येक अंगहरुमा फुलहरु हुन्छन ती सरेर गए | ओइलिए बुड.वामाड.पाले पुनः स्थापित गराउंछन् | यिनीहरु भुइंफुटृा हुनाले यिनको गुरु हुँदैनन | यिनी ३ सई ६२ वटा फुलका सहयोगले भू मंडल, जल मंडल, वायु, सौर्य मंडल सयर गरी विचरण गर्दछन | आवशयकता अनुसार रूप बदलना सक्ने हुन्छन | अदृश्य हुन्छन | यिनीहरु बेजोड़ तांत्रिक हुन्छन | यिनीहरुले बुढाहाड. पुजिदिने गर्दछन | यिनीहरुलाई बुड.पेन्मिमाड.पा (फुलदेवरी) भनिनछ | यिनीहरु तांत्रिक विद्याले दुशमनको हत्या गरिदिने गर्दछन भन्ने मुन्धुमको भनाई पईनछ |
घ) सारिमाड.पा
यिनीहरु भूत प्रेत, वायु, मसान, बोक्सी, छेद भेदतात्माहरुलाई सम्झाई बुझाई धुप बाली दिई, दुईचार अक्षताबाट फकाई खुशी बनाई मनसइरा पूजा गरिदिएर रोग हरु निको हुन्छन | यिनीहरुले सामान्य बिमारी भएर स्वर्ग भएका आत्माहरुलाई माड.मा स्थापित गराउंछन भन्ने बिश्वास छ | वास्तवमा यिनीहरु भुइंफुटृा भन्ने होइनन | यिनीहरुले अरुलाई गुरु थापेर दियो, कलश प्राप्तः गरेका हुन्छन | यिनीहरुले अम्लिसो अदुवा, काहलो, घुड.रिम र सेतो कटुस प्रमुख फुलहरु प्रयोग गर्दछन |
ड.) रड.पुकमि / माड.पा
जस्को गुरु हुन्ना तयशलाई भुइंफुटृा माड.पा पनि भनिनछ | कोही भने वनझाकरीको चेला हूँ भनी दावा गर्दैछन | यिनीहरुलाई राहाड.मि, सुक्शाड.मि माड.पा पनि भनिनछ | यिनीहरुले बड़ी फूलहरुको प्रयोग गर्दछन | सेहे हुने आत्महरुले जीवतमहरुलाई दुख न दिने विश्वास किरात मुन्धुमको छ |
|