प्राचिन किरात गढं पाटनमा लिच्छवी आक्रमण ।
By:  प्रदिप खम्बु राईको अंग्रेजी लेखलाई अनुवाद गरिएको ।   20 Nov 2016
साल ई०सं० १५०, किराती राजा “गस्ती” हाङको निधन पछ्यात “योक्नेहाङ” नाम गरेको किराती राजाले यलाखोममा राजशासन गरेको अनुमान गरिन्छ । त्यसताका किरातीहरुको अन्तिम गढ “पाटन शहर” थिए । पाटन शहरको चार दिशामा लगभग ४०० वर्ष पुर्व (ईश्वी पुर्व २५० मा) महाराजा “अशोक” द्वारा पाटन राज्यको सिमालाई घेरेर निर्माण गरेका प्रख्यात चार “बौद्ध स्तुपा” को रहोबरमा भब्य द्वार (ढोका) हरु थिए । अशोक द्वारा निर्मित ती बौद्ध स्तुपाहरु अहिले सम्म (१) पुल्चोक, (२) लगनखेल, (३) ग्वार्को तथा (४) संखमुलमा अस्तित्वमा रहेको छ । किरातकालिन काठमाडौं उपत्यकाको प्राचिन शहर तथा गढ “पाटन”को उल्लेखित ४ ठाउँहरुमा बिशाल द्वार (ढोका) हरु अवस्थित थिए । छिमेकी राज्य “१८ मगरात” प्रदेशको एक राज्यमा विद्रोह भएको कारण उक्त राज्यबाट बिद्रोह दमन गर्नको निम्ती किराती राजा सगँ सन्य सहयोग मागेकोले किराती सेनाको ठुलो भाग मगरात तिर पठाएका थिए । यहीँ मौकाको फाईदा उठाई उत्तर दिशा, सम्भवत “गोकर्ण” बाट लिच्छवीहरुले पाटनमा आक्रमण गरेका थिए । लिच्छवी सेनालाई सशक्तपुर्वक बल प्रयोग गरी पाटन हत्याउने उर्दी जारी भएकोले त्यहाँ नरसंहार मच्चिएको थियो । कुनै किराती पुरुष, महिला तथा बालबच्चालाई नछाड्ने आदेश सहित लिच्छवीले उत्तरमा रेहेको संखमुल द्वारबाट हमला गरेका थिए । किरातीहरुको ठुलो संख्यामा रहेको सशस्त्र सैनिक जत्था मगरातमा विद्रोह दमनको निम्ती परिचालन भएको कारण पाटन शहरको सुरक्षार्थ केही मात्रमा मात्र किराती सेनाहरु तैनाथ थिए । उत्तर ढोका (संखमुल) ढल्नु साथ अल्पसंख्यामा रहेको किराती सेनाले शहरवासी नागरिक (विशेस महिला तथा बालबच्चा) लाई लिच्छवीको हत्याबाट बचाउनको विकल्प स्वरुप उनीहरुलाई भगाएर सुरक्षित ठाउँ तिर लाने कार्य गरेका थिए । उसै पनि किराती सन्य दलमा व्यवसायिक थल सैनिक कहिले पनि स्थापित भएका थिएनन्, बहुसंख्यक सैनिक योद्धाहरु कृषक तथा स्वंयसेवक नागरिक हुने गर्दथिए । हतियार्, सैन्य तालिम र रणकौशलताको कमीले गर्दा किराती सैनिकले लिच्छवीको आक्रमणलाई प्रतिरोध गर्न सकेनन् । शहरवाशी निहत्था नागरिकहरु सुरक्षा खोज्दै पुर्वी ढोका तिर पलायन हुन थाले । शहर भित्रका भागहरुमा भिषण युद्ध भएका थिए । “बालकुमारी’ तथा ‘च्यासल” (वर्तमानमा “ललितपुर उप-महानगरपालिका” भित्रको ठाउँको नाम) क्षेत्रका नागरिकहरुले हनुमान्ते नदी तरेर ज्यान जोगाउने क्रममा लिच्छवी सेनाले पाटन हात पारेका थिए । लिच्छवीले पाटन हत्याउनु साथै जिवित किरातीलाई बाकी नराख्ने उदेश्यले किराती महिला तथा बालबच्चाहरुलाई खोजीखोजी हत्या गरेका थिए । यसै क्रममा केही बजेखुचेका जिवित किराती सैनिक स्वंयसेवकहरुले लिच्छवी सेनाको बिरुद्ध मोर्चा बनाई प्रतिकार गरी किराती महिला र बालबच्चाहरु पुर्वी ढोका तर्फ भागी जाने अवसर अपलब्ध गराएका थिए । यस योजना अनुसार किराती सेनाले लिच्छवी सेनालाई पाटन शहरका पुर्वी भागका स-साना घरहरु रहेको सागुरो गल्लीहरुमा छापामार हमला गरी त्यही झुल्याएर राख्ने निर्णय लिएका थिए । यस योजनामा ८०० किराती स्वंयसेवक सेनाले भाग लिएका थिए । दुई दिन सम्म उक्त स्वंयसेवक लडाकु किरातीले अन्तिम सास सम्म बहादुरीपुर्वक लिच्छवीलाई त्यही रोकेर राखेका थिए । ती सबै स्वंयसेवक सेनाहरु त्यही प्रतिकार युद्धमा एकै चिहान भएका थिए । यस क्रममा भागेर जान असफल भएका केही किराती महिला तथा बालबच्चाहरु त्यहाँ अवस्थित बौद्ध धर्मावलम्बीहरुको घरमा शरण लिन पुगेका थिए । बौद्धहरुले उनीहरुलाई घरमा भएको ठुल-ठुला धातुबाट बनिएको भाडा-कुडाले छोपेर ज्यान बचाई दिएका थिए । कालन्तरमा जो किराती बालबच्चा ती भाडा-कुडामा लुकिएर बाचेका थिए, उनीहरुलाई "टेपे" भनेर सम्बोधन गरिन थाले । पछीबाट एकजना मल्ल रानीले ती “टेपे” भनेर सम्बोधन गरिने जातिलाई व्यञ्जनकार नामकरण गरिदिए । आज सम्म पनि उनीहरुलाई व्यञ्जनकार भनेर चिनिने गरिन्छ । ८०० जना मारिए, र मरेर गए । ती ८०० जना मध्ये केही मृतलाई जलाए भने धेरै जनाको शरिरलाई त्यहाँ अवस्थित एउटा इनारमा फ्याकेका थिए, र पछीबाट मात्र जलाएका थिए । तर उनीहरुको बिर गाथा वर्तमान सम्म शिलालेख, लोककथा, लोकगित अनि त्यो ठाउँको नाम स्वंयमा कुदिएर बाचिरहेको छ । निहत्था किराती महिला र बालबच्चा बचाउनको निम्ती किराती योद्धाहरुले गरेको बहादुरी र मृत्युवरणलाई प्रत्यक्षदर्शीले सम्मान गरेर उक्त वृत्तांतलाई स्मरण गरी यस घटना भएको ठाउँको नाम नै "च्यासल" राखिएको छ । नेवारी भाषामा "च्यासल" को अर्थ “आठ सय” हुन्छ । आठ सय किराती योद्धाहरुको एकै चिहान भएको कारण नै यस ठाउँको नाम “च्यासल” रहेको भनाई ईतिहासकारहरुमा निर्विरोध छ । नेवार- ज्यापु समुदायमा बिलिन भइसकेका “व्यञ्जनकार” हरुको उल्लेखनिय उपस्थिती पनि यसै “च्यासल” क्षेत्रमा अहिले सम्म रहदै आएको छ ।

Contact

Kirat Khambu Rai
Sanskritik Sansthan Bagdogra

Stalin Nagar Road No: 5
Upper Bagdogra, Dist: Darjeeling
West Bengal 734014

  info@kiratraibagdogra.org

About Us

We work for the preservation and protection of our culture, tradition, language, heritage and customs plus to make our upcoming generation aware of it.

Follow us on Instagram

Like us on Facebook