किरात राई हौ , हामी हौ - हामी हौ | आफ्नु झंडा लिएर बढ़दै जाऊ बढ़दै जाऊ || आफ्नु भाषा , रीती - तिथि भूलने छैनौ हामी | पारुहांग सुमनिमाको संतान सबै हामी || खोला नाला , डांडा कांडा प्रकृर्ति संग बाच्ने हामी | ढोल झयामटा सेवली साथ चंडी नाचने हामी || किरात राई हौ , हामी हौ - हामी हौ | आफ्नु झंडा लिएर बढ़दै जाऊ बढ़दै जाऊ || धरती पुज्छौ , आकाश ढोंगछौ , पितृ उपासक हामी | इतिहासः बोल्छ , सत्यता खोल्छ देशको शासक हामी || यलम्बर हाम्रो प्रथमराजा वीर अति पराकर्मी | किरात राज को जग लाई राखने धन्ये छौ तिमी || किरात राई हौ , हामी हौ - हामी हौ | आफ्नु झंडा लिएर बढ़दै जाऊ बढ़दै जाऊ ||
|