दिनाक २६ अगष्ट २०१८ एम एम तराई बागडोगरा :
किरात खम्बु राई सांस्कृतिक संस्थान बागडोगराको तर्फ़ बाट भदौरे पुर्णिमा भव्यताको साथ मानएयो | पुजाको कार्यकर्म तीनधारे निवासी श्री बिर बहादुर राई (मंग्पा) द्वारा आरम्भ गरियो | सर्वप्रथम खोग्लिहंग्मा (बुडी बजु) लाई सम्झी र उहा संग बल र बुद्धि को कामना गर्दै कार्यक्रम सिकारी थान तिर सरे र सिकारी देवता संग हामी सबै राई र गाऊ को सम्पूर्ण मानिस हरु लाई सिकारी जनवार संग रक्षे गरि दिनु भन्ने बिन्ति श्री बिर बहादुर राई (मंग्पा) ले गर्नु भयो | तत् पश्चात हाम्रो मूल मंग्खिम भित्र चुला पुजा गरि कार्यकर्म को सुरुवात भयो |
भदौरे पुर्णिमा को महत्व : नया धान बाला, नया अदुवा , नया खेति पात मा उम्रिएका खाने खनिज हरु यो पुजा पश्चात खानु सकिन्छ साथै मादल , ढोल , झेम्ठा र आदि वाध्य यन्त्र हरु पनि यस पश्चात बजाउनु सकिन्छ |
|