किराँती खम्बु राई सांस्कृतिक संस्थान केन्द्र समितिद्वारा चोव्रस्तामा आयोजित साकेला पर्वमा सहभागिता भई किराँती खम्बु राई सांस्कृतिक संस्थान बागडोगरा द्वारा अनेको प्रकारको सिली नाच प्रस्तुत गरे र यस पर्वमा आउनु भएको सम्पूर्ण अतिथि र दर्शकवर्ग माझ उत्साहको वातावरण देखियो |
किराँती खम्बु राई सांस्कृतिक संस्थान केन्द्र समितिद्वारा डाकिएको संस्थानका President तारा कुमार राईको अद्यक्षता भएको कार्यक्रममा उपिस्थित गनमान्य अतिथि हुनु हुन्थियो जी. टी. ए (बिओंए) President विनय तामांग , Anthopological Survey of India का निर्देशक डा. काकुली चक्रवोर्ती, दार्जीलिंग जिल्ला शासक ज्योशी दास्गुप्ता, विधायकहरुमा अमरसिंह राई, सरिता राई , खम्बु बोडका सद्यसय सचिव कौशिक चटर्जी , कार्य विभाग (सिक्किम) President मोहन दुन्ग्माली , पूर्व सांसद आर बि राई , जिल्ला नायालयका पब्लिक प्रोशिचुतोर प्रणय राई , नेपाली चलचित्रका प्रख्यात निर्देशक तुलसी घिमिरे , चर्चित नायक दयाहांग राई , अरुणा कार्की , राष्टिय खिलाडी सुस्मिता राई , स्थानीय गायक प्रनेश राई लगायत खम्बु बिकाश बोड उपअद्यक्ष शंख मणि राई सहित विभिन्न जात गोष्ठी संघ्थानका पधाधिकारी |
स्थानीय रेल्वे स्टेशन देखि निस्किएको किराँती खम्बु विराट झाकिले शहर फन्को लगाएर कार्यकर्म स्थल चोव्रस्ता पुगे पछि आरम्भ भयो | मान्ग्पा र मांगमाद्वारा गयेको मुन्धुम अनि विभिन्न सिली टोलिद्वारा गरिएको सिली नाचले आज दिन भरि चोव्रस्ता परिसर गुञ्जयमान बनियो |
संस्थानका महासचिव बिनिता खम्बु राईको स्वागत सम्बोधनद्वारा थालिएको कार्यकर्ममा अतिथिहरुको बहुली द्वारा दया हंग राई , सुस्मिता राई , जितु राई अनि किराती भाषाका ज्ञाता रमेश तेंचिप्पा लाई सम्बर्धना गरियो |
|