३० अप्रिल २०१८ को दिन मा किरात खम्बु राई सांस्कृतिक संस्थान बागडोगरा एम एम तराई शाखाको तत्वाधानमा २२ वा उभौली साकेला हाम्रो सभापति श्री डम्बर बहादुर राई द्वारा झन्डा लाई फहराई दिएर भव्यताको साथ् सम्पन्न भयो | किरात खम्बु राई सांस्कृतिक संस्थान बागडोगरा एम एम तराई शाखाका सिली टोलि हरुले अनेको प्रकारका सिली देखाई आफ्नु परिपक्वताका प्रमाण सम्पूर्ण साकेलामा आउनु भएका भक्तहरुको माझ दर्साए | उभौली साकेला को महान चार्ड को अवसरमा बागडोगराका लिम्बु हितकारी समाज, खस समाज, गुरुङ समाज , पानीटंकी राई समाज, चाराली राई समाजका प्रतिनिधि मण्डल लाई आमन्त्रित गरिएको थिओ यसै बीच माङ्गखिम परिषर का कूप, चौतारा र भोजनालयका विधिपुर्वक शुभआरम्भ गरियो | विभिन्न क्षेत्रमा हाम्रो जातिको नाम लाई गोरव प्रदान गराउने हरु लाई वक्तिबुंग लगाउंदै सम्मानित गरियो | माङ्गखिम भित्र हार्मो माङ्गपा ३ धारे निवासी श्री बिर बहादुर राई द्वारा शुप्तुलुंग पुजा गरि बलासन खोलाका बगर मा नाग नागिनी लाई पुजा गर्दै बल र बुद्धि का कामना गरिम यसैबीच माङ्गमा सुशिला राई द्वारा सेव्ली पुजा परम्परागत अनुसार सम्पन्न गरियो |
२२ वा उभौली साकेलाको उपलक्ष्यमा आउनु भएको हामो मुख्य अतिथि हरु यस प्रकार छन् - कर्नेल बिमल देवान, कर्नेल आर बि राई , मेजर के के राई र किरात खम्बु राई सांस्कृतिक संस्थान केन्द्रिय कमिटी का महा सचिव बिनिता खम्बु राई सबै मुख्य अतिथि हरुले आफ्नु वक्तब्य हाम्रो समक्षय राखे |
|