यले दोङ्ग र भोजनालयको निर्माण हेतु चहल पहल |
By:  Deepak Puma   15 Jan 2018
१५ जनवरी २०१८ र यले दोङ्ग ५०७८ को अवसरमा हामी किराती खम्बु राई सांस्कृतिक संस्थान एम एम तराई शाखा बागडोगरा द्वारा सभापति श्री मणि प्रसाद राई को अध्यक्षतामा नया यले दोङ्ग भव्यताको साथ पालन गरियो र हाम्रो माङ्गखिम परिसरमा हाम्रो संस्था द्वारा वन भॊज को कार्यक्रम राखीएको थियुम जसमा हाम्रो संस्थाको विभिन्न सदस्य र पधाधिकारी हरु उपस्थित थिए | यले दोङ्ग ५०७८ को उपलक्ष्यमा सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो | आज को हाम्रो कार्यक्रमको मुख्य अतिथि Rtd. Major श्री के. के राई हुनु हुन् थियो र श्री के. के राई ज्युले मनमोहक भासन द्वारा सबैको मन लुप्त गर्नु भयो |
यले दोङ्ग को अवसरमा आज अझै एउटा राम्रो कुराको सिल्यानस राखियो जसमा बागडोगरा निवासी श्री अर्जुन राई द्वारा उनको स्वर्गीय माताको नाममा उहाले हाम्रो माङ्गखिम परिसरमा भोजनालयको निर्माण गर्नु हुने छ र यस अवसरमा श्री अर्जुन राईका श्रीमती द्वारा तीनधारे निवासी हाम्रो माङ्गपा श्री बिर बहादुर राई द्वारा भुमि पुजा गरि परुहांग र सुम्निमा संग बुद्धि र बल को कामना गरियो |
- सेवान्ने

Contact

Yelambar Hang Kirati Khambu Rai
Sanskritik Sansthan Bagdogra

Behind Kedarnath Primary School
Upper Bagdogra, Dist: Darjeeling
West Bengal 734014

  info@kiratraibagdogra.org
Kirati Mundum

About Us

We work for the preservation and protection of our culture, tradition, language, heritage and customs plus to make our upcoming generation aware of it.

Follow us on Instagram

Like us on Facebook