Under the auspices of our organization Ubhauli Puja was organized at Mangkhim, MM Terai.
By:  admin   10 May 2017
१० मई २०१७ एम एम तराई बागडोगरा : बुधबार किरात खम्बु राई सांस्कृतिक संस्थान बागडोगरा , एम एम तराई शाखाको तत्वाधानमा एम एम तराई स्थित मांङ्गखिममा सभापति श्री मणि प्रसाद राई को अध्यक्षतामा साकेवा उभौली पूजा आयोजन गरेको थियो | कार्यक्रमको शुरुवात मुख्य अतिथि को बहुलीबाट दिप प्रज्वलन पश्चात गरियो | कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिले कार्यक्रममा उपस्थित संपूर्ण खम्बु राई लाई साकेवा पर्वको औचित्यबारे जानकारी दिँदै आयोजक शाखाका पदाधिकारी तथा सदस्य वर्गः लाई धन्यवाद टकराए | किरात खम्बु राई हरु को यो महापर्व साकेवा उभौली पूजा तीनधारे निवासी मांङ्गपा श्री बीर बहादुर राईले तीन वटा चुलाढुङ्गा साकक्षी राखी सुमनीमा, पारुहांगलाई नमन गर्दै आकाशका ३३ कोटि देव देवी पातालका सीमेभूमे नाग नागिनी लाई पुजदै विश्व शांतिको कामना गर्दै पूजा अर्चना गरे | कार्यक्रमलाई सफलपारणा पानीटंकी, उदयपुर बेलटार (नेपाल), बागडोगरा लिम्बु समाज आदिका टोली उपस्थित रहेको थियो | यस अवसरमा हाम्रा सिली टोली, उदयपुर बेलटार का सिली टोली र बागडोगरा लिम्बु समाज ले चेप्रोम नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई रोमांचक बनायो |

Contact

Yelambar Hang Kirati Khambu Rai
Sanskritik Sansthan Bagdogra

Behind Kedarnath Primary School
Upper Bagdogra, Dist: Darjeeling
West Bengal 734014

  info@kiratraibagdogra.org
Kirati Mundum

About Us

We work for the preservation and protection of our culture, tradition, language, heritage and customs plus to make our upcoming generation aware of it.

Follow us on Instagram

Like us on Facebook