एम. एम. तराईको माङ्खिममा साकेला पर्वको धुम २०२२
By:  Deepak Puma Rai   16 May 2022

सिलगढी, १८ मई : यलम्बरहाङ्ग किराँती खम्बु (राई) सांस्कृतिक संस्थान एम.एम. तराई, बाघडोग्राद्वारा १६ मई (किराँती येले सम्बत-५०८२) को दिन किराँती खम्बु राईहरूको महान पर्व उभौली पूजा (साकेला) अत्ति हर्ष उल्लासकोसाथ एम.एम तराई माङ्खिम प्राङ्गणमा पालन गरियो। यस साकेला उभौली पूजा माङ्खिम प्राङ्गणमा किरावा समुदाय लगाअत अन्य विभिन्न जनगोष्ठिका भक्तजनहरू आ-आफ्नो जातिय भेष भूषामा सजिएर पारूहाङ्ग सुम्निमाको आर्शिवार्द अहृश गरने भेला भएका थिए।

   पूजारी माङपा श्री वीर बहादुर राई, माङमा श्रीमती सुशिला राईद्वारा प्रकृति तथा पीत्री पूजा गरेपछि शुरु भएको अनुष्ठानको अध्यक्षता यलम्बरहाङ्ग क्रिराँती खम्बु राई सांस्कृतिक संस्थात्तका अध्यक्ष टी.बी.राई ज्यूले गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिहरू मेजर जनरल अवकाश प्राप्त बी.डी राई (वाई. एस. एम) ज्यू डा. प्रताप सिंह राई (अध्यक्ष केन्द्रिय कमिटी के.के. आर.एस दार्जीलिङ), उद्दयन राई (महासचिब केन्द्रिय कमिटी), मनी कुमार राई (उप अध्यक्ष केन्द्रिय कम्रिटी),  संखमनी राई (भुतपुर्व अध्यक्ष, कल्चरल बोर्ड), कर्णल अवकाश प्राप्त विमल देवान (चियरमेन गोर्खा भू.पू. सचिव जिल्ला सैनिक संगठन), कर्णल अवकाश प्राप्त केशव राई (भू.पू सचिब जिल्ला सैनिक बोर्ड, दाजीलिङ), खेम राई वरिष्ठ अधिवक्ता, राजेस राई (अध्यक्ष किराँती खम्बु राई सिलगढी ब्राञ्च रुहुप), मेजर अवकाश प्राप्त के.के. राई, बसन्त साम्पाङ (अध्यक्ष टुसुयुङखुली माङखिम) मञ्चमा आसिन थिए।

   यस क्रार्यक्रमको मुख्य आर्कषण यसलम्बरहाङ्ग किराँती खम्बु राई सांस्कृतिक संस्थान एम. एम. तराई किराँती राई जातिहरूको प्रतिक चिन्ह २५ फूट अग्लो वाबुक माङखिम परिसरमा श्री असिम राईज्यूको नेतृत्वमा निर्माण गरिएको थियो जसको अनावरण विशिष्ट अतिथि अवकाश प्राप्त मेजर जनरल बी.डी. राई ज्यूको बाहुलीबाट गरियो।

   पूजा कार्यक्रममा किराँती खम्बु राईहरूको सांस्कृतिक सिली नृत्य बाघडोग्रा, एम. एम. तराई र पानी ट्याङ्कीका कलाकारहरूद्वारा खुबै मनमोहक प्रस्तुति दिएर उभौली पूजा (साकेला) लाई अझ रोमाञ्चक बनाएर दर्शक, भक्तजनहरूलाई आनन्दित तुल्याएका थिए यसरी नै हामी विभिन्न जात गोष्ठीमा विभक्तभए पनि समग्र गोर्खा जाती एक हौ भन्ने सन्देश दिनुको निम्ति बाघडोग्राका याकथुङ लिम्बु सांस्कृतिक टोलीद्वारा चेपरूङ्ग नृत्य खुबै मनमोहक प्रस्तुति दिएर उभौली पूजालाई अझ हर्ष उल्लासमय बनाएर दर्शक भक्तजनहेरूको मन जितेका थिए।यसमा सहभागी जनाउनु हुने

   अतिथिगण, विभिन्न जनगोष्ठीबाट यस कार्यक्रममा उपस्थित भएर सहयोग पुराउनु हुने सम्पूर्ण भक्तजनहरू, किरावा भक्तजनहरूप्रति कार्यक्रम सञ्चालक आई के राईद्वारा हार्दिक अभिनन्दन तथा स्वागत वक्तव्य राख्नु भएको थियो। पूजामा उपस्थित सम्पूर्ण अतिथि, भक्तजनहरू तथा सहयोगीहरूप्रति संस्थाको अध्यक्ष टी.बी. राईले धन्यवाद ज्ञापन दिए।

Contact

Yelambar Hang Kirati Khambu Rai
Sanskritik Sansthan Bagdogra

Behind Kedarnath Primary School
Upper Bagdogra, Dist: Darjeeling
West Bengal 734014

  info@kiratraibagdogra.org
Kirati Mundum

About Us

We work for the preservation and protection of our culture, tradition, language, heritage and customs plus to make our upcoming generation aware of it.

Follow us on Instagram

Like us on Facebook